एनओसी उपाध्यक्ष राजवैद्यलाई मातृशोक
काठमाडौँ, चैत २२ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई मातृशोक परेको छ ।
एनओसी उपाध्यक्ष राजवैद्यकी आमा चण्डिकादेवी वैद्यको शुक्रबार बिहान निधन भएको हो । उहाँ ९७ वर्षको हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले विज्ञप्तिमार्फत् शोकसन्तप्त वैद्य परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।