रवि लामिछानेलाई पक्राउ गर्न घरमै पुगे प्रहरी
काठमाडौं, २२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेका छन् ।
उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएसँगै प्रहरी लामिछानेकाे घरमा पुगेको हो ।
उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई आज थुनामा पठाउने आदेश गरेकाे थियाे
केहीबेरअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली रविकाे बुढानीलकण्ठस्थित निवासमा पुगेकाे छ ।