पक्राउ परे रवि
काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
उनलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी उनको घर बुढानिलकण्ठमै पुगेको थियो ।
उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई आज थुनामा पठाउने आदेश गरेकाे थियाे