चारदेशीय टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाल टिम चयन

काठमाडौँ, २३ चैत ।  (क्यान)ले हङकङ चाइनाको आयोजनामा हुने चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको चयन गरेको छ । क्यानले १४ जनाको अन्तिम छनोट गरेको हो । सो प्रतियोगिता यही चैत २७ देखि ३१ गतेसम्म हुँदैछ । । प्रतियोगितामा नेपाल र आयोजक हङकङसहित कुवेत र कतारको सहभागिता रहेको छ ।

क्यानले चयन गरेको टिममा कप्तान रोहत पौडेल आसिफ शेख, कुशल भुर्तेल, लोकस बम, बसिर अहमद, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी र सोमपाल कामी रहेका छन् । अन्य खेलाडीमा करण केसी, साहब आलाम, नन्दन यादव, रिजन ढकाल र गुलसन झा छन् । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम छनोट गरिएको हो ।

यस प्रतियोगितामा सहभागी चारवटै टोलीले एकअर्कासँग एक–एकपटक खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल हुनेछ । नेपालले पहिलो खेल चैन २७ गते कतारसँग खेल्नेछ । त्यसपछि चैत २८ गते कुवेत र चैत ३० गते हङकङविरुद्ध खेल्नेछ ।