शिक्षकहरूले दियाे माग पूरा नभएसम्म उत्तरपुस्तिका पनि परीक्षण नगर्ने चेतावनी
काठमाडौँ, २४ चैत । नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । यही चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोनल गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको हाे ।
महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन आग्रह गर्नुभएको छ ।
महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्दाेलन भइरहेको छ । महासङ्घ अध्यक्ष सुवेदीले विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो नभएसम्म आन्दोलनमै रहने बताउनुभयो ।
उहाँले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गर्नुभयो ।