रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान

काठमाडौं, २५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्‍याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा ल्याइएको थियो ।