दुर्गा प्रसाईं काकडभिट्टाबाट पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडाैं, २९ चैत्र । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको काकडभिट्टाबाट पक्राउ गरेकाे छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो।

प्रसाईंलाई काकडभिट्टाबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको र जहाँजमार्फत् आजै काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके बनेका प्रसाईं भागेर सम्पर्कविहीन भएका थिए ।

तीनकुने घटनापछि प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।

तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो ।