युवराज काफ्लेको ‘काफ्ले’ गीत सार्वजनिक

काठमाडौँ, ३ वैशाख । ‘ऊनको स्वीटर’ फिल्मको ‘काफ्ले’ गीत सार्वजनिक भएको छ । ‘ऊनको स्वीटर’ यही वैशाख २६ गते रिलिज हुँदैछ ।
काठमाडौंको बिग मुभिजमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतका रचनाकार युवराज काप्mले हुन् । यसैगरी सुजन चापागाईँको स्वर र झुमा लिम्बुको सङगीत रहेको छ । गीत सार्वजनक कार्यक्रममा सङगीतकार झुमा र गायक सुजनले काफ्ले गीत गाएर मनोरञ्जन दिएका थिए ।
सो कार्यक्रममा गीतकार काफ्लेले आफ्नो थरलाई ब्रान्ड बनाउने सपना पूरा भएको छ, भनेका छन् । चलचित्रका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताउँदै ऊनको स्वीटर फिल्म काफ्ले गीतजस्तै यथार्थपरक छ, भने ।
ऊनको स्वीटरमा विपिन कार्कीको ‘धरणीधर काफ्ले’को भूमिका निर्वाह गरेका छन् । यसैगरी सो चलचित्रमा विपिन र मिरुना मगर प्रमुख भूमिकामा रहेका छन् । सो चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायतको अभियन पनि रहकेो छ ।
आर्टमाण्डू प्रालिको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक चलचित्र भएको बताइएको छ ।