पहिरोले कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
सङ्खुवासभा, १० वैशाख । अविरल वर्षापछिको पहिरोले कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड अवरुद्ध बनेको छ ।
मकालु गाउँपालिका–३ आलफाट्टेमा आज बिहान पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेका अनुसार मङ्गलबार राति परेको भारी वर्षाका कारण एकुवा खोलामा बाढी आएको र त्यसले कटान गर्दा पहिरो खसेको हो ।
पहिरो हटाएर राजमार्ग पुनः सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।