भूकम्प स्मृति दिवस
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं, १२ वैशाख । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको २०७२ सालकाे भूकम्पको स्मृति गरिरहेका बेला सिन्धुपाल्चोकमा भने भूकम्प गएको छ ।
शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर भूकम्प गएको हाे ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चाेकमा ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो । त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो ।