सक्षम र प्रदिप सिटिजन्स बैंक टेनिसको क्वाटरफाइनलमा
काठमाडौं, १६ बैशाख । सक्षमविक्रम शाह र प्रदिप खड्का ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष एकलमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा सक्षमले अभिनय अछामीलाई ६–० र ६–० तथा प्रदिपले सोमज श्रेष्ठलाई ६–० र ६–० को सोझो सेटमा सहजै पराजित गरे ।
पुरुष एकलमै राजवीर प्रधानले निश्चल कायश्थलाई ६–० र ६–२, आरभसम्राट हाडाले सन्देश अधिकारीलाई ६–० र ६–०, प्रणव खनालले दर्शिल श्रेष्ठलाई ७–५ र ६–३, निसान श्रेष्ठले सर्वेश खनाललाई ६–० र ६–०, निहालजंग बहादुर थापाले बोरिस अधिकारीलाई ४–६, ६–१ र ६–२ तथा प्रीतम परियारले दावा सोनाम शेर्पालाई ६–३ र ६–४ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
भेट्रान ३५ वर्षमाथि पुरुष एकलमा जितेन्द्र परियार, गगन महर्जन, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ, समिर गुरुङ, सोवित गौचन र सन्तोष खत्री आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुगे । ६५ वर्षमाथि पुरुष एकलमा वाल्टर स्मित, नाम्लाङ तेन्जिन, विदुर विष्ट र ध्रुवबहादुर गुरुङले सेमिफाइनल यात्रा तय गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष एकलमा कमलबहादुर भण्डारी, देव क्षेत्री, म्याट ब्रोससार्ड, महेश श्रेष्ठ, छेवाङ लामा, मानबहादुर कटुवाल, मेगेन्द्रप्रकाश गिरी र रोहित सुनुवारले क्वाटरफाइनलमा स्थान पक्का गरे । ५५ वर्षमाथि पुरुष एकलमा प्रदिप शाह, राजु राई र चन्द्र शाहीले क्वाटरफाइनलमा स्थान बनाए ।
