जनकपुरविरुद्ध काठमाण्डु गोर्खाजको कमजोर ब्याटिङ, ११६ रनको लक्ष्य

काठमाडौं, १२ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डु गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमा समेटियो ।

काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । त्यस्तै, स्मित पटेलले १३ र हरिशंकरले नौ रन बनाए । साम हेजलेट भने एक रनमै आउट भए ।

काठमाण्डुलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए ।

त्यस्तै, सैफ हसनले दुई विकेट लिए भने मोइन अली, कप्तान हर्मित सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *