सुनको भाउ एकैपटक तोलामा ४६०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ काराेबार?

काठमाडौं, १८ वैशाख । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ ताेलामा ४६०० रुपैयाँ घटेको जनाएको हो।

महासङ्घका अनुसार, छापावाल सुन गिरावटसँगै प्रति तोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ८८ हजार १ सय रुपैयाँ रहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदीको भाउ प्रति तोला ५० रुपैयाँले घटेर १ हजार ९ सय १५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।