रौतहटको सुधार केन्द्रमा किशोरमाथि निर्मम यातना, सामाजिक सञ्जालमा भिडियाे भाइरल

जनकपुरधाम । रौतहटको गौर नगरपालिका–४ स्थित राइजिङ नेपाल सुधार केन्द्रमा एक किशोरलाई अमानवीय तरिकाले यातना दिइएको भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।

सार्वजनिक भएको भएकाे भिडियाेमा व्यापक आक्रोश पैदा गरेको छ र तत्काल कारबाहीको माग उठेको छ।

सार्वजनिक भएको ४१ सेकेन्डको भिडिओ फुटेजमा सुधार केन्द्रभित्रै तीन जना व्यक्तिले एक किशोरलाई समातेर नियन्त्रणमा लिएको देखिन्छ। त्यसपछि अर्का एक व्यक्तिले प्लास्टिकको पाइप (लठ्ठी) जस्तो वस्तुले किशोरको खुट्टाको पैतालामा निर्ममतापूर्वक लगातार प्रहार गरिरहेका छन्। कुटपिटको क्रममा पीडितको चिच्याहट बाहिर नसुनियोस् भनेर पृष्ठभूमिमा चर्को स्वरमा डिजे संगीत बजाइएको सुनिन्छ।

यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै धेरै प्रयोगकर्ताहरूले यसको घोर भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न र प्रहरी प्रशासनले तत्काल कदम चाल्न माग गरेका छन्।

उक्त सुधार केन्द्र वीरगञ्ज निवासी सुरज साह कानूले सञ्चालन गर्दै आएको खुलेको छ। सञ्चालक कानूले भने यो भिडिओ हालको नभई करिब ७-८ महिना पुरानो भएको र केन्द्रका पूर्व कर्मचारीले आफूलाई ‘ब्ल्याकमेल’ गर्ने उद्देश्यले खिचेर अहिले भाइरल गराएको दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *