सरकारकाे नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

काठमाडौं, २६ वैशाख । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजकाे बैठकमा पनि सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ।

संसद् सचिवालयका अनुसार, बैठक आज बिहान ११ बजे प्रारम्भ हुनेछ।

गत वैशाख २२ गतेदेखि माननीय सांसदहरूले यस नीति तथा कार्यक्रममा केन्द्रित भई आफ्ना विचारहरू प्रस्तुत गरिरहनुभएको छ।

यो नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संघीय संसदको संयुक्त अधिवेशनमा प्रस्तुत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *