पोखरामा बस दुर्घटना, चालक-सहचालकसहित २२ जना घाइते

कास्की, ३१ वैशाख । पोखरा महानगरपालिका–२२ स्थित स्तुपाबाट पोखरातर्फ आउँदै गरेको एक यात्रुवाहक बस आज दुर्घटनामा परेको छ। दहरा घुम्तीनजिकै ग १ ख ३८८६ नम्बरको उक्त बस नियन्त्रण गुमाएर सडकबाट तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बस्नेतका अनुसार, दुर्घटनामा चालक र सहचालकसहित २२ जना घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी बस्नेतले जानकारी दिनुभयो।

प्रहरीले बसमा २६ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताएको छ। बस छोरेपाटन बजारदेखि केही माथि रहेको घुम्तीबाट खसेको थियो। दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *