सतुंगलको आगलागीमा १० वटा पसल जलेर नष्ट

काठमाडाैं, १ जेठ । काठमाडौंको सतुंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ।

बिहीबार बिहान ५:२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उक्त टहरामा रहेको एउटा कपडा पसलमा विद्युत सर्ट भएर आगलागी सुरू भएको थियो। आगलागी भएको टहरा फलाकाे ट्रष्टबाट बनाइएको थियो।

१५/२० वटा सटर सञ्चालित रहेकामा आगलागीबाट १० वटा सटर र त्यहाँ सञ्चालित व्यवसाय पूर्ण रूपमा क्षति पुगेको डिएसपी थापाले बताए। ४ वटा सटर र त्यसमा सञ्चालित व्यवसायमा आंशिक क्षति पुगेको उनले बताए।

क्षतिको थप विवरण संकलन भइरहेको पनि डिएसपी थापाले बताए।

आगो निभाउनका लागि सशस्त्र प्रहरीको १७५ जना खटिएका थिए। नेपाल प्रहरी र स्थानीय पनि आगो निभाउन खटिएका छन्। विभिन्न कार्यालयबाट ६ वटा दमकल आगो निभाउने परिचालन गरिएको थियो ।