नयाँ बानेश्वरमा कारले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु
काठमाडौं, २ जेठ । नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ वर्षीय बालक शिवांश झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताएका छन् ।
बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको कारले नयाँ बानेश्वरको कात्यानी चोकमा बालकलाई ठक्कर दिएको थियो ।
कात्यानीबाट भीमसेनागोलातर्फ जाने क्रममा कारले ठक्कर दिएपछि गम्भीर घाइते भएका झालाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको बोहराले बताए ।
कार चालक रमेश कुमार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।