हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध

हेटौंडा, ५ जेठ । मकवानपुरको हेटौंडा र काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा रहेको बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, आज सोमबार बिहानको वर्षाले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको छ।

गत असोजमा आएको बाढीले बगुवा खोलास्थित बागमती पुलको मकवानपुरतर्फको भाग बगाएको थियो। पुल क्षतिग्रस्त भएपछि सोही स्थानमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *