ललितपुर बुद्धिचाल संघमा श्रेष्ठ

काठमाडौँ, ५ जेठ । ललितपुर जिल्ला बुद्धिचाल संघले सोमबार विक्रम श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नेपाल बुद्धिचाल महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकारको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाबाट उपाध्यक्षमा सजिन महर्जन, सचिवमा हरिकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रञ्जन घोषाल निर्विरोध निर्वाचित भए ।

महिला सदस्यमा मनु सिं दानी, सदस्यमा समीर रञ्जितकार, कृजन महर्जन, प्रसन्न महर्जन र रोजिल श्रेष्ठ चुनिए । सो कार्यसमितिको कार्यकाल दुई वर्ष रहेको छ । ललितपुर जिल्ला बुद्धिचाल संघको साधारण सभामा महासंघका केन्द्रीय प्रतिनिधि राजु ताम्राकार, केन्द्रीय सदस्य सुशील चौधरी, केन्द्रीय सदस्य रमिला पोखरेल लगायतले बधाई तथा शुभकामना ज्ञापन गरे ।

नेपाल बुद्धिचाल महासंघले आफ्ना ५५ जिल्लामा रहेका जिल्ला बुद्धिचाल संघको अवधि समाप्त भए पश्चाते जेठ ७ गते भित्र अधिवेशन सम्पन्न गर्न परिपत्र गरेको थियो । जसअनुरुप सोमबारै काठमाडौं जिल्ला बुद्धिचाल संघले केशव श्रेष्ठको नेतृत्वमा साधारणसभा सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *