नुवाकोट र भक्तपुर जिल्ला बुद्धिचाल संघ गठन
काठमाडौँ, ६ जेठ । प्रकाश जोशीको सभापतित्वमा सम्पन्न नुवाकोट बुद्धिचाल संघ जिल्ला अधिवेशनले ई. सुरज लामाको नेतृत्वमा सात जनाको कार्य समिति चयन गरेको छ । उपाध्यक्ष नवीन श्रेष्ठ, सचिवमा हरिचन्द्र अमात्य र कोषाध्यक्षमा वसन्त श्रेष्ठ निर्विरोध चयन भए ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनवाट शिव श्रेष्ठ, सुमित जोशी र संजिता श्रेष्ठ सदस्यमा चुनिए । महासंघका महासचिव धरम बहादुर लामाको उपस्थितिमा भएको साधारणसभाले आगामी केन्द्रीय अधिवेशनमा सहभागी जनाउन निवर्तमान अध्यक्ष प्रकाश जोशीलाई प्रतिनिधिको रुपमा चयन गरेको छ ।
यसैगरी रामप्रसाद कासुलाको सभापतित्वमा सम्पन्न भक्तपुर बुद्धिचाल संघको अध्यक्षमा बद्रिकेदार दुवाल निर्विरोध चयन भएका छन् । भक्तपुर जिल्ला खेलकुद बिकास समितिका प्रमुख बिनु पुरी प्रमुख अतिथि रहेको साधारणसभावाट उपाध्यक्षमा रामकुमार माकजु, सचिव किरण गाईजु, सहसचिव किरण प्रजापति, कोषाध्यक्ष सविना गुज निर्वाचित भए ।