जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु

जुम्ला, ८ जेठ । जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
आज दिउँसो ४ बजेतिर चट्याङ लागेर जुम्लाकाे तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीका अनुसार मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न जानुभएको थियो ।
पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी पठाइएको प्रहरी नायब उपरीक्षक रेग्मीले जनाएको छ ।