ललितपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते
काठमाडौँ, १० जेठ । ललितपुरमा आज बिहान बसको ठक्करबाट एक जनाको मृत्युकाे छ भने दुई जना घाइते भएका छन् ।
ललितपुर महानगरपालिका–४ स्थित एकान्तकुना–खरिबोट खण्डमा बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौँको नैकाप बस्ने गोरखाका ३० वर्षीय सञ्जीव अधिकारीको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मोटरसाइकलमा सवार अर्का दुई जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार नम्रता लामिछाने र निजका छोराको अल्का अस्पतालमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जोशीले बताउनुभयो ।