युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन: निर्वाचित

काठमाडाैं १३ जेठ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।

मंगलबार पाेखरामा भएको निर्वाचनमा थेबे दाेस्राेपटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबेले दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका छन्।

थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याएका थिए। थेबे १८८ मतले विजयी बनेका हुन् ।