प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगे देउवा र लेखक

काठमाडौं, १४ जेठ । गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि उत्पन्न गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षबीच छलफल सुरु भएको छ।

यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रमेश लेखक बालुवाटार पुगेका हुन्।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि सो विषयमा छलफल गर्न देउवा र लेखक बालुवाटार पुगेका हुन्।

विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान हिजोदेखि नै लिँदै आएका छन्।

भोलि बजेट प्रस्तुत गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा रहेको सरकार सदन खुलाउने प्रयासमा केन्द्रित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *