खेलकुदमा हालसम्मकै ठूलो बजेट
काठमाडौँ, जेठ १५ गते । सरकारले युवा तथा खेलुकद मन्त्रालयका लागि छ अर्ब आठ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । नेपाली खेलकुदले हालसम्मकै ठूलो बजेट प्राप्त गरेको छ । पछिल्लो आर्थिक वर्षको बजेट तीन अर्ब ५० करोड रुपियाँ रहेको थियो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङघीय संसदको संयुक्त बैठकमा सङघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै खेल पुर्वाधार निर्माण गर्न बजेटमा उल्लेखनीय वृद्धि गरेको बताए । झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्नसकिने अन्तर्राष्ट्रियस्तरको आधुनिक रङगशाला निर्माण गरिने भएको छ । खेल विधाको विविधिकरण र खेल पर्यटन प्रवर्धनका लागि सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाइ अल्टिच्यूड स्पोर्ट्स रङगशाला निर्माण हुनेछ ।
क्रिकेट पनि प्राथमिकतमा परेको छ । काठामाडौँको मूलपानी क्रिकेट रङगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रङगशाला, कैलालीको फाप्ला क्रिकेट रङगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रङगशाला निर्माणका लागि ४२ करोड रुपियाँ विनियोजन भएको छ । कीर्तिपूरस्थित अन्तर्राष्टिङ क्रिकेट रङगशालाको स्तरोन्नतिका लाग पनि ४० करोड रुपियाँ छुट्याइएको छ ।
यसैगरी त्रिभुवन विश्वविद्यालयमा इञ्जिनियरिङ अध्यन संस्थानबाट गरिने मूल्याङ्कनका आधामा चितवनस्थित गौतम बुद्ध क्रिकेट रङगशालामा सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यस्था भएको छ ।
यसैगरी मन्त्री पौडेलले सुर्खेतको वीरेन्द्रनगरमा दशौँ राष्ट्रिय खेलकुदको आयोजना गर्न ५४करोड विनियोजन गर्नुभएको छ । तीन पटक मिति सरेको राष्ट्रिय खेलकुदका लागि गत वर्ष पनि ६० करोड रुपियाँ बिनियोजन गरिएको थियो ।
यस बजेटमा महिला खेलकुद, डोपिङ र पदक विजेता खेलाडीलाई पनि सम्बोधन गरिएको छ । अन्तर्राष्ट्रिय खेलकुदमा पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहन गरिनेछ । खेलाडी तथा प्रशिक्षकलाई प्रदान गरिँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिइनेछ । खेलकुदमा महिला सहभागिता अभिवृद्धि गर्न महिला लक्षित प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गर्ने भएका छ । उत्कृष्ट महिला खेलाडीको लागि पुरस्कारको विशेष व्यवस्था गरिने भएको छ । राष्ट्रिय एन्टी डोपिङ एजेन्सी सञ्चालन गन पनि आवश्यक बजेट व्यवस्था भएको छ । प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालमा स्पोर्ट्स एकेडमी सञ्चालन गर्न बजेट व्यवस्था गरेको बताइएको छ ।
मन्त्री पौडेलले युवा तथा खेलकुद मन्त्रालय र समग्र खेलकुद क्षेत्रको विकासका लागि सो रकम विनियोजन गरेको बताए । उहाँले खेल पूर्वाधारको निर्माण र खेलाडीको व्यवसायिकता विकासका लागि लगानी बढाउँदै लगिने र खेलाडीमा ‘म जित्न सक्छु’ भन्ने उच्च मनोबल विकास गर्न निरन्तर प्रशिक्षण र प्रतियोगिता सञ्चालन गरिने उल्लेख गरे ।