संसद बैठक बस्दै नबसी स्थगित

काठमाडौं, २३ जेठ । प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबार दिउँसोसम्मलाई स्थगित गरिएको छ ।

आज १ बजेलाई तय गरिएको बैठक ‘विशेष कारण’ देखाउँदै आइतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट विपक्षीहरू ब्याक सरेपनि छानबिन समितिको प्रतिवद्धता आउनुपर्ने माग गरिरहेका छन् ।

बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले निरन्तर विपक्षी दलका नेताहरूसँग छलफल गरेपनि सहमति भने जुट्न सकेको छैन ।