पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
मैत्री न्युज
१४ असोज २०८३
१५ मिनेट अगाडि
काठमाडौँ, १४ असोज। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्याण्डका राजदूत डोनाविट पूल्सावत, सङ्घीय गणतन्त्र ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्स, इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत मोहम्मद आमिर खान, फ्रान्सका राजदूत फ्रान्स्वाज पुइग–इन्जा र गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति कार्यालयसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।