सप्तकोशीमा बेपत्ता सशस्त्र प्रहरीका गोताखोर साउदको शव फेला

काठमाडौँ, २५ जेठ । सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव तीन दिनपछि फेला परेको छ। उनको शव आज (शुक्रबार) कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक फेला परेको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले साउदको शव भेटिएको पुष्टि गर्नुभयो। कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको डीएसपी पुरुषोत्तम भण्डारी नेतृत्वको अनुभवी गोताखोर टोलीले शव फेला पारेको हो।

गत जेठ २२ गते नियमित पूर्वअभ्यासका क्रममा साउद र अर्का गोताखोर हरदेव सिंह राजवंशी सप्तकोशीमा बेपत्ता भएका थिए। घटनाको भोलिपल्ट, जेठ २३ गते, राजवंशीको शव फेला परेको थियो भने साउदको खोजी कार्य जारी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *