सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने महँगियो

 

काठमाडौं, जेठ २६ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि, आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला एक लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै दुई हजार १५० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *