नागढुंगामा माइक्रोबस दुर्घटना, १९ घाइतेको पहिचान खुल्यो, दुईको अवस्था गम्भीर

काठमाडौं, ३२ जेठ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको माइक्रोबस शनिबार नागढुंगा सडकखण्डमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, बा ३ ख ८६२९ नम्बरको माइक्रोबस शनिबार दिउँसो दुर्घटनामा परेको थियो। दुर्घटनामा चालकसहित माइक्रोमा सवार सबै १९ जना घाइते भएका हुन्।

घाइते हुनेमा नेपाली तथा भारतीय नागरिक रहेका छन्। दुर्घटनालगत्तै सम्पूर्ण घाइतेहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा लगिएको छ।

दुर्घटनाका घाइतेहरूमा सवारी चालक:अनिल तामाङ, ४३ वर्ष, ककनी गाउँपालिका–३, नुवाकोट
नेपाली नागरिक घाइतेहरू:
सक्षम अधिकारी, १६ वर्ष – बायाँ खुट्टामा चोट
सुजाता अधिकारी, ४१ वर्ष – टाउको, खुट्टा र शरीरका अन्य भागमा चोट
अञ्जिला शाह, २१ वर्ष, भरतपुर–११, चितवन – अवस्था सामान्य
सुवीदा मल्ल, २४ वर्ष – मध्यम चोट
ईश्वर थापा, ५० वर्ष, चितवन – अवस्था सामान्य
गणेश पौडेल, ५८ वर्ष, कावासोती – अवस्था सामान्य
सन्त बहादुर थापा, ४० वर्ष, चितवन – अवस्था सामान्य
सुनिल श्रेष्ठ, २५ वर्ष, चितवन – अवस्था सामान्य
प्रशान्त अधिकारी, चितवन – अवस्था सामान्य
प्रयास गुरुङ, १६ वर्ष, नारायणगढ, चितवन – अवस्था सामान्य
भारतीय नागरिक घाइतेहरू:
रिन्कु देवी, २४ वर्ष, पटना, बिहार – बायाँ हातमा चोट
रवि कुमार, ४९ वर्ष, पटना, बिहार – अवस्था सामान्य
सार्थक कुमार, ५ वर्ष, बिहार – अवस्था सामान्य
मानवी कुमारी, २ वर्ष, बिहार – अवस्था सामान्य
डब्लु कुमार, २८ वर्ष – अवस्था सामान्य
राज कुमार, १८ वर्ष, पटना, बिहार – अवस्था सामान्य
शिव कुमार, १६ वर्ष, बिहार – अवस्था सामान्य
प्रञ्जल कुमार, ८ वर्ष – अवस्था सामान्य
निश्चल कुमार, १४ वर्ष, पटना, बिहार – अवस्था सामान्य
रितु कुमारी, २८ वर्ष, पटना – अवस्था सामान्य रहेका छन् ।