क्लब विश्वकपमा म्यान्चेस्टर सिटीको जित

फिलाडेल्फिया, ५ असार । फिल फोडेनको गोल र एसिस्टको सहयोगमा क्लब विश्वकप फुटबलमा बिहिबार प्रिमियर लिगको पावरहाउस क्लब म्यान्चेस्टर सिटीले मोरोक्काको वेडाडलाई २–० ले हराएको छ ।

खेलको दोस्रो मिनेटमै फोडेनले गोल गरे । त्यसपछि पूर्वार्ध सकिन तीन मिनेट बाँकी छँदा जेरेमी डोकुले फोडेनले प्रहार गरेको कर्नरमा गोल गरे । निर्धारीत समय सकिन दुई मिनेट बाँकी छँदा म्यान्चेस्टर सिटीका रिको लेविसले सामुइल ओबेङमाथि नराम्ररी फाउल गरेपछि रातो कार्ड पाउनुभएको थियो ।

मारोक्कोविरुद्ध सिटीले यसै महिना अनुबन्ध गरेका रायन चर्की र टिजानी राइडर्सलाई पहिलो रोजाइमा खेले । यी दुवैले पहिलो रोजाइमा पहिलो पटक खेलेका हुन् । हालै टिममा आएका डिफेन्डर रायन आइट नोरीले भने खेल्न पाएनन् । एजेन्सी

 

तस्बिर साभारः एपी