अल हिलालसँग रियल म्याड्रिड बराबरीमा रोकियो
मियामी (अमेरिका), ५ असार । १५ पटक च्याम्पियन्स लिग जित्ने तथा क्लब विश्वकप फुटबलको उपाधि दावेदारमध्ये एक रियल म्याड्रिड बिहिबार सउदी अबरको अल हिलालसँग १–१ ले बराबरीमा रोकिएको छ ।
यो खेलमा दुवै टिमका प्रशिक्षक नयाँ थिए । रियल म्याड्रिडका लागि जाभी ओलोन्सोको प्रशिक्षकको रुपमा पहिलो खेल थियो । अल हिलाल पनि नयाँ प्रशिक्षक सिमोन इनजागीको रेखदेखमा खेल्दै थियो ।
खेलको ३४ औँ मिनेटमा गोन्जालो गार्सियाको गोलले रियल म्याड्रिडले अग्रता बनाएको थियो । यद्यपि सात मिनेटपछि नै अल हिलालका रुवेन नेभासले पेनाल्टीमा गोल गरी खेल बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा फेडरिको भेलभर्डेले पेनाल्टीमा गोल गर्न नसक्दा पनि रियल म्याड्रिडले जित हात पार्न सकेन ।
एजेन्सी
तस्बिर साभारः एपी