चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, २४ घाइते (सूचीसहित)
चितवन, ७ असार। पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा शनिबार दिउँसो बस र ईभी माइक्रोबस ठोक्किँदा भएको भयानक दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा परी ५ जनाको घटनास्थलमै र अन्य २ जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतक सातै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ। मृतकहरूको शव हाल भरतपुर अस्पतालको शव गृहमा राखिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले तीव्र गति र बसको ब्रेक फेल भएको कारण दुर्घटना भएको हुनसक्ने देखाएको छ। चितवन प्रहरी प्रमुख गोविन्द पुरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको बताउनुभयो।
घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाका कारण केही समय अवरुद्ध बनेको राजमार्ग अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।
मृतकहरूको पहिचान:
१. सोम प्रसाद रुपाखेती, ५५ वर्षीय, मकवानपुर हटिया-३
२. मैंया कुमारी न्यौपाने पहाडी, ५३ वर्षीया, मकवानपुर हेटौंडा-५
३. नामथर वतन नखुलेकी अन्दाजी १८/१९ वर्षीया महिला
४. नामथर वतन नखुलेकी अन्दाजी २४/२५ वर्षीया महिला
५. नामथर वतन नखुलेको अन्दाजी २२/२३ वर्षीय पुरुष
६. नामथर वतन नखुलेकी अन्दाजी ३०/३५ वर्षीया गर्भवती महिला
७. नामथर वतन नखुलेका अन्दाजी ३५/४० वर्षीय पुरुष
घाइतेहरूको सूची:
१. सक्षम थापा, १६ वर्षीय, मकवानपुर हेटौंडा-१३
२. सिंहबिर घलान, ३२ वर्षीय, मकवानपुर हेटौंडा-१२
३. विष्णु लम्साल, ३१ वर्षीय, मकवानपुर हेटौंडा-४
४. गंगा घलान, ३४ वर्षीया, मकवानपुर हेटौंडा-८
५. सुशिला बराल, ६५ वर्षीया, झापा गौरादह-९
६. उमा बराल, ६७ वर्षीया, झापा गौरादह-९
७. वीरबहादुर जैसी, ४८ वर्षीय, कञ्चनपुर बेलौरी-४
८. सन्देश ओली, ३० वर्षीय, रुकुम पश्चिम आठबिसकोट-९
९. अर्जुनबहादुर राउत, ३२ वर्षीय, अछाम साफेबगर-१०
१०. जम बुढा, ४५ वर्षीय, कैलाली लम्कीचुवा-८
११. चन्द्रकुमारी थापा, ७० वर्षीया, कञ्चनपुर पूर्णवास-६
१२. टिका न्यौपाने, ७० वर्षीया, झापा गौरदह-६
१३. जम बा थापा, ६९ वर्षीय, कञ्चनपुर पूर्णवास-६
१४. सुरेश बोगटी, ३२ वर्षीय, कैलाली गोरीगंगा-११
१५. लोकेन्द्र बुढा, ३७ वर्षीय, कैलाली लम्कीचुवा-१
१६. बल सिंह बुढा, ४८ वर्षीय, कैलाली लम्कीचुवा-१
१७. वुलटन साह, ४५ वर्षीय, रौतहट चन्द्रपुर-७
१८. अनिसा घिमिरे, २६ वर्षीया, मकवानपुर बकैया-४
१९. रत्न बुढा, ५३ वर्षीय, कालिकोट पलाता-४
२०. लक्ष्मी पौडेल, ८३ वर्षीया, झापा दमक-८
२१. प्रवेश सौरेन, २३ वर्षीय, झापा मेचीनगर-१५
२२. श्रीचन्द्र राय, ५६ वर्षीय, सप्तरी राजविराज-५
२३. महेश चौधरी, ३४ वर्षीय, कैलाली गोदावरी-४
२४. सुमन चौधरी, २७ वर्षीय, मोरङ बेलबारी-७