विकास वित्त सम्मेलन: प्रधानमन्त्री ओलीद्वारा स्पेनमा अल्पविकसित राष्ट्रहरूको बैठकको अध्यक्षता

सेबिया (स्पेन), १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेबियामा जारी ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ अन्तर्गत आयोजित अल्पविकसित राष्ट्रहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभएको छ।

अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतमा नेपालले यो बैठकको नेतृत्व गरेको हो।

यसले विकासका चुनौती, वित्तीय आवश्यकता र साझा एजेन्डाहरूमा समूहको एकीकृत आवाजलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

बैठकले दिगो विकासका लक्ष्यहरू हासिल गर्न आवश्यक वित्तीय स्रोत जुटाउने, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने र अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने विषयमा साझा धारणा बनाउने अपेक्षा गरिएको छ। यो अध्यक्षताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नेतृत्वदायी भूमिकालाई समेत उजागर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *