असंवैधानिक भाषामा विज्ञप्ति जारी गरेको आरोपमा पूर्वराजाका संवाद सचिव पाठक प्रहरी नियन्त्रणमा

काठमाडौं, २७ असार । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संविधानले नचिन्ने भाषा र पद प्रयोग गरी विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले पाठकलाई सोधपुछका लागि बोलाइएको पुष्टि गरे। उनका अनुसार, पाठकले पूर्वराजा ज्ञानेन्द्रका विज्ञप्तिहरूमा ‘श्री ५ महाराजधिराज’ को सम्बोधन प्रयोग गरेका थिए।

पाठकले आफ्नो फेसबुक प्रोफाइलमा समेत त्यस्तै भाषा प्रयोग गरेको पाइएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रवक्ता बोहराले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *