आदिल राष्ट्रिय क्रिकेट टिमको प्रारम्भिक टोलीमा

काठमाडौँ, २९ असार ।  (क्यान)ले आइतबार टि ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोटका लागि ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाएको छ । सो प्रारम्भिक चयनमा मोहम्मद आदिल आलम पनि रहेका छन् ।

नेपाल टि२० लिगमा खेल मिलेमतो गरेको आरोपमा प्रतिबन्धित भएपछि आदिल क्रिकेटबाट अलग भएका थिए । आदिल करीब तीन वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा परेका हुन् । यु१९ क्रिकेटर युवराज खत्री पनि प्रारम्भिक टोलीमा रहेका छन् । तेज बलर अविनाश बोहरा भने ३२ जनाको सूचीमा पनि पर्न सकेनन् ।

ओमानमा विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोट अक्टोबरमा हुँदैछ । सो प्रतियोगताअघि नेपालले अस्ट्रेलियामा अस्ट्रेलियन टप एन्ड टी–२० शृङ्खला र वेस्ट इन्डिजसँग तीन खेलको टि२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ ।
नौ राष्ट्र सहभागी विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोटमा तीन समूह रहेको छ । हरेक समूहका शीर्ष दुई टिमले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । नेपालको समूहमा कुवेत र जापान रहेको छ ।

प्रारम्भिक नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, आदिल आलम, पवन सर्राफ, शेर मल्ल, शुभ कंसाकर र अर्जुन घर्ती ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *