वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन

काठमाडौँ, २ साउन । नेपालको एक मात्र महिलाभलिबलको फ्रेन्चाईज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) लुम्बिनी लाभाज नयाँ टोलीको रुपमा भित्रिएको छ । पहिलो संस्करणमा खेलेको चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाजको प्रवेश भएको हो ।

आगामी भदाैमा हुने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा लुम्बिनी लाभाजसँगै ६ फ्रेन्चाईज टोलीको सहभागिता हुनेछ । लुम्बिनी लाभाजको स्वामित्व सुश्री मिडियासँग रहनेछ ।

लुम्बिनी लाभाजको आगमनसँगै लुम्बिनीको महिला भलिबलमा विशेष योगदान लिने लक्ष्य रहनेछ । पछिल्लो समय लुम्बिनीमा महिला भलिबल खेलाडीहरु आउने क्रम बढेको छ ।

लुम्बिनी लाभाज छिटै आफ्नो मार्की खेलाडी, मुख्य प्रशिक्षक घोषणा गर्ने बताइएको छ ।