टी–२० विश्वकप छनोटको तयारीका लागि नेपालको दोस्रो चरणको प्रशिक्षण शिविर भारतमा

काठमाडौँ, २ साउन । नेपाली टिम आईसीसी टी–२० विश्वकप छनोटको तयारीमा रहेको छ । यही तयारीको क्रममा नेपालले आगामी अगस्टमा अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० शृङ्खला खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलिया जानुअघि नेपाली टोलीले भारतमा खेलेपछि नेपाली क्रिकेट टोली दोस्रो चरणको प्रशिक्षण शिविरका लागि भारत जाने जानकारी दिएको छ ।

नेपालस्थित भारतीय दूतावासको समन्वय र भारतीय क्रिकेट बोर्ड .(बीसीसीआई)को सहयोगमा बेंगलुरुस्थित नेशनल क्रिकेट एकेडेमीमा प्रशिक्षण शिविर आयोजना गरिने भएको छ । सो प्रशिक्षण शिविर आगामी जुलाई २१ देखि अगस्ट ३ सम्म चल्नेछ ।

यस प्रशिक्षण शिविरमा हाल बन्द प्रशिक्षणमा रहेका ३२ मध्ये २० खेलाडी सहभागी हुनेछन् । अन्य १२ क्रिकेटरले नेपालमै बन्द प्रशिक्षणमा रहेर तयारी गर्नेछ ।

भारतको प्रशिक्षण शिविरमा प्रशिक्षया गर्ने खेलाडीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, रुपेश कुमार सिंह, विवेक कुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *