हेल्प नेपालको अपराजित यात्रा रोकियो

काठमाडौँ, ३ साउन । काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब शनिबार बिस्केक किर्गिस्तानसँग ३–२ सेटमा पराजित भएको छ ।

माल्दिभ्समा भइरहेको प्रतियोगितामा नेपालको यो पहिलो हार हो । यसअघि, नेपालले पहिलो खेलमा घरेलु टिम माल्दिभ्सकै धिवेहीलाई ३–२ र दोस्रो सेटमा क्लब एचडिसीलाई ३–१ सेटमा पराजित गरेको थियो ।

पहिलो सेट २५–२० ले गुमाएको हेल्प नेपालले दोस्रो सेट २८–२६ ले हात पारेको थियो । त्यसपछि तेस्रो सेटमा किर्गिस्तानको टिम २५–२० र चौथो सेट नेपालको मिटले २५–१७ ले आफ्नो पक्षमा पार्यो । त्यसपछि निर्णायक सेटमा नेपालको हेल्प नेपाल १५–११ ले पछाडि पर्यो ।