नेपाल र कुवेतबिच प्रत्येक वर्ष होम एन्ड अवे पद्धतिमा टि२० र एकदिवसीय शृंखला हुने

काठमाडौँ, ६ साउन । नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्ड (केसिबी) दुवै देशले प्रत्येक वर्ष दुईपक्षीय शृंखला आयोजना गर्ने सहमति भएको छ ।

क्यानले प्रेस विज्ञप्तिमार्फत् सन् २०२६ देखि प्रतयेक वर्ष हो ऐन्ड अवे पद्धतिमा कम्तमा तीन टि२० अन्तर्राष्ट्रिय र ५० ओभरको एकदिवसीय शृङ्खला हुने जनाएको छ । यी दुवै शृङ्खला महिला र पुरुष दुवैका लागि हुनेछ ।
केसिबीसँगको यो सहकार्यले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय एक्सपोजरले अर्को स्तर हासिल गर्ने क्यानले जनाएको छ ।

आइसिसी पुरुष ट्वान्टी २० विश्वकप २०२६को एसिया रिजनल छनोटमा नेपाल र कुवेत एकै समूहमा रहेका छन् ।