रुकुम पूर्वमा विषालु च्याउ खाँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु, दुई जना गम्भीर

रुकुम पूर्व, ७ साउन । जंगली च्याउको सेवनले रुकुम पूर्वमा एकै परिवारका दुई बालबालिकाको ज्यान गएको छ भने आमा र अर्की छोरी गम्भीर बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वका अनुसार भूमे गाउँपालिका–५, सेराबाङकी ७ वर्षीया भाग्यरेखा विक र उनका ६ वर्षीय भाइ योजन विकको मृत्यु भएको हो।

प्रहरी प्रमुख डीएसपी उमाशंकरप्रसाद यादवका अनुसार योजनको सोमबार सल्यान अस्पतालमा र भाग्यरेखाको मंगलबार राति दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

च्याउ खाएर बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया रामकुमारी सुनारको दाङमा र ९ वर्षीया दिदी आयुषा विकको रुकुम पश्चिम अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार, आमा रामकुमारीले तीन दिनअघि जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि परिवारका चारै जना गम्भीर बिरामी परेका थिए। बिरामी भएलगत्तै अस्पताल पुर्‍याइए पनि दुई बालबालिकालाई बचाउन नसकिएको डीएसपी यादवले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *