जेनेभा जानुअघि सभामुखले राष्ट्रपतिलाई भेटे, विश्व सम्मेलनबारे गराए जानकारी

काठमाडौँ, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

सभामुख घिमिरेले बिहीबार राष्ट्रपति निवास शितल निवास पुगी राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो।

भेटका क्रममा सभामुख घिमिरेले यही जुलाई २९ देखि ३१ सम्म जेनेभामा आयोजना हुने संसद्का सभामुखहरूको विश्व सम्मेलनमा आफ्नो सहभागिताबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।

राष्ट्रपतिको सचिवालयका अनुसार, सभामुख घिमिरे उक्त सम्मेलनमा सहभागी हुन जुलाई २७ मा जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *