आफ्नै घरमा आगाे लगाएकी एक महिलाकाे जलेर मृत्यु

गुल्मी, ११ साउन । गुल्मीकाे धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित आफ्नै घरमा आगाे लगाएकी एक महिलाकाे जलेर मृत्यु भएका छन् ।

स्थानीय मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको हाे ।

धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले उक्त घरमा आगो लगाएको थिइन् ।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिए पनि आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *