अस्ट्रेलियामा खेल्ने नेपाली क्रिकेट टिमको घोषणा
काठमाडौँ, १९ साउन । नेपाल क्रिकेट सङघ (क्यान)ले सोमबार अस्ट्रेलियामा हुने टप इण्ड टि ट्वान्टी सिरिजका लागि को घोषणा गरेको छ ।
सो टिममा रोहित कुमार पौडेलको कप्तान पद कायम छ । १६ सदस्यीय टिममा दीपेन्द्रसिंह ऐरी उपकप्तान छन् । नेपाली टिममा अलराउण्डर कुशल मल्लले पुनरागमन गरेका छन् । गुलसन झा र सोमपाल कामी पनि चोटबाट मुक्त भएर टिममा फर्केका छन् ।
अन्य खेलाडीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललित नारायण राजवंशी रहनुभएको छ ।