जाजरकोटमा बिरामी लिन गएकाे एम्बुलेन्स दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
सुर्खेत, २६ साउन । जाजरकोटको भेरी नगरपालिकामा बिरामी लिन जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
भेरी नगरपालिका–१ स्थित कोलचौर नजिकैको कल्ले खोलामा आज भे.१.च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक भेरी नगरपालिका–१, डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार, डौंरीकाँडामा बिरामी लिन जान लागेको एम्बुलेन्स उकालो सडकमा भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।