चिकित्सा शिक्षामा सिट निर्धारण, केही तहमा संख्या बढाइने

काठमाडौँ, २९ साउन । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न तहमा विद्यार्थी भर्नाका लागि सिट निर्धारण गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको आयोगको २१ औँ बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका प्रमाणपत्र तह (पीसीएल) लगायतका कार्यक्रममा संख्या वृद्धि सहित सिट टुंगो लगाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न बैठकले आयोग अन्तर्गतको सिट निर्धारण समितिको सिफारिसलाई अनुमोदन गरेको हो ।

यसअघि गत असार ३२ गते बसेको आयोगको २० औँ बैठकले सीटीईभीटी अन्तर्गतका प्रमाणपत्र तहका कार्यक्रमहरूको सिट निर्धारण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । सोही निर्णयको निरन्तरता स्वरूप आजको बैठकले अन्तिम टुंगो लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *