प्रधानमन्त्री अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर स्थगित
काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा समस्या देखिएपछि आज प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुनुहुने भएको छ । उहाँको अनुपस्थितिसँगै सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
आजको बैठकका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय गरिएको थियो । तर, प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यका कारण उहाँ बैठकमा सहभागी हुन नसक्ने जानकारी संसद सचिवालयलाई गराएको हो ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर संसदीय अभ्यासको एक महत्त्वपूर्ण हिस्सा हो, जहाँ सांसदहरूले सरकार प्रमुखसँग सिधै जवाफ माग्ने अवसर पाउँछन् । प्रधानमन्त्रीको अनुपस्थितिपछि उक्त कार्यक्रम आजका लागि रोकिएको छ ।