लिभरपुलको सनसनीपूर्ण जित

लन्डन, १० भदौ । प्रिमियर लिगको उपाधि रक्षा अभियानमा रहेको लिभरपुलले सोमबार राति दस खेलाडमा सीमित न्युक्यासललाई बल्लतल्ल ३–२ ले पराजित गरेको छ । सो खेलमा १६ वर्षीय रियो नुमोहाले स्थानापन्न खेलाडीको रुपमा मैदान प्रवेश गरेर लिभरपुललाई जित दिलाए ।

पूर्वार्ध सकिनै लाग्दा एनथोनी गोर्डनले रातो कार्ड पाएपछि न्युक्यासलले एक खेलाडको बेफाइदामा खेलेको थियो । सो समय लिभरपुल १–०ले अगाडि थियो । मध्यान्तरपछीको खेलको केही समयमै लिभरपुल दुई गोलले अगाडि भयो । तर ५२ हजार दर्शकको उपस्थिति रहेको सेन्ट जेम्स पार्कमा घरेलु टिमले शानदार पुनरागमन गर्यो । खेलको ५७ औँ मिनेटमा बु्रनो गुइमारेज र ८८ औँ मिनेटमा स्थानापन्न खेलाडी विलियम ओसुलाले गोल गरी खेल बराबर गरेका थए ।

बराबरीतर्फ अग्रसर सो खेलमा ११ मनेट इन्जुरी समय थपियो । लिभरपुलका प्रशिक्षक आर्ने स्लटले इन्जुरी समयको चौथो मिनेट १६ वर्षीय नोमोहालाई प्रमियर लिगमा पदार्पण गर्ने अवसर दिए । उनले सो मौकाको फाइदा उठाउँदै चार मिनेटपछि निर्णायक गोल गरी न्युक्यासल र रङगशालामा उपस्थ्तिि ५० हजारभन्द बढी दर्शकलाई स्तब्ध पारे ।

तस्बिर साभारः एपी