वीरगञ्जबाट पोखरियासम्म फैलियो हैजा

काठमाडौँ, ११ भदौ । पर्सामा वीरगञ्ज महानगरपालिकामा फैलिएको हैजाको संक्रमण पोखरिया उपमहानगरपालिकामा पनि देखिएको छ।

मंगलबार पोखरियामा तीन जनामा हैजा पुष्टि भएको हो भने वीरगञ्जमा संक्रमितको कुल संख्या ११५ पुगेको छ।

पोखरिया अस्पतालका अनुसार, झाडापखालाको लक्षण लिएर अस्पताल आएका एक बालक र दुई पुरुषमा हैजा पुष्टि भएको हो। संक्रमितमध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ। अस्पतालले जनाएअनुसार, तीनै जना केही दिनअघि मात्र वीरगञ्जबाट पोखरिया आएका थिए ।

हैजाको प्रकोप फैलिएको वीरगञ्ज महानगरपालिकामा भने संक्रमितको संख्या बढ्दो क्रममा छ। मंगलबार साँझदेखि बुधबार बिहानसम्म थप एक जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ११५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *